एकैदिन थपिए ८९५ संक्रमित
काठमाडौं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ ।
गत २४ घण्टामा देशभर पीसीआर र एन्टीजेन गरी ५ हजार ९ सय ९ जनाकाे नमुना परीक्षण गर्दा ८ सय ९५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा २ सय ६३ जना संक्रमणमुक्त भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ७० हजार ३ सय २६ पुगेकाे मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा थप १ जना संक्रमितको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ६८ पुगिसकेकाे मन्त्रालयले जनाएकाे छ ।देशभर हाल ४ हजार ९ सय ३४ जना सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस