• ४ भदौ २०८३, बिहीबार
  • Thursday,20 August,2026

हिमालय उद्धार संघले गोसाइँकुण्डमा उपचार सेवा दिने

समाचार

समाचार

रसुवा । जनैपूर्णिमाका अवसरमा तीर्थस्थल गोसाइँकुण्ड पुग्ने यात्रुको उपचारार्थ हिमालय उद्धार संघले चिकित्सक टोली तयार गरेको छ । 

 तीर्थ जाँदा लेक लाग्नेलगायत शरीरका विविध समस्या तत्काल हटाइ भक्तजनलाई धार्मिक यात्रा सहज पार्न सङ्घले उक्त टोली तयार गरेको हो । संघका कार्यकारी प्रमुख गोविन्द बस्यालका अनुसार पुत्रदा एकादशीअर्थात् यही साउन २३ देखि २७ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमै शिविर खडा गरी अक्सिजन एवं आवश्यक औषधिसहितको छ सदस्यीय टोलीले २३ गतेदेखि गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिसक्ने र शिविर सञ्चालनको सबै खर्च सङ्घले बेहोर्ने छ ।

गोसाइँकुण्डमा बसेर सङ्घले २५ वर्षदेखि उपचार सेवा दिँदै आएको र सेवा जनहितकारी भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस्तै गोसाइँकुण्डको प्राथमिक उपचारको जिम्मा संघको हुने र लौरीविनायक, चोलाङ्पाटी, चन्दनबारी तथा देउराली क्षेत्रमा उपचार गर्ने संस्थाको नामावली दुईचार दिनमा तय भइसक्ने समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।

सेयर आवेदन म्याद थप

रसुवागढी हाइड्रोपावर कम्पनीले खुला सेयर मागको आवेदन दिने म्याद पुनः थपेको छ । गत असार १३ गतेदेखि खुला भएको आवेदन म्याद यही साउन महिनाभर कायम रहेको कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिनुभयो । रसुवाबासीले पाउने ६८ लाख ४२ हजार एक सय कित्ता शेयरमध्ये यथेष्ट आवेदन नपरेकाले दोस्रो पटक आवेदन म्याद थपिएको हो ।

म्यादभित्र बहुसंख्यक जिल्लावासीले फाराम नभरेकाले नेपाल धितोपत्र बोर्डको अनुमतिमा म्याद थपिएको जनाइएको छ । करिब ४५ हजार जिल्लाबासीमध्ये हालसम्म २७ हजार सात सय आठले मात्र सेयर फाराम भरेका छन् । 

–रासस

प्रतिकृया दिनुहोस