English

संसद्

अधिवेशन बोलाए समस्या छैन – संसद् सचिवालय

sunrisekhabar

काठमाडौँ । संघीय संसदमा सभामुख नहुँदा समस्या आएकाे छ । अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पास गरेका विधेयक प्रमाणिकरण प्रभावित भएको तथा संसद सचिवालयका केही कामहरुमा अवरोध आएको छ । प्रमाणिकरणका लागि पठाउन बाँकी रहेका विधेयकहरूमा समस्या रहेकाे छ ।

यी समस्या सम्बाेधन गर्न सरकारले चाहेर अधिवेशन बाेलाएमा संसद सचिवालयले अधिवेशन सञ्चालनमा कुनै समस्या नरहेकाे प्रतिनिधि सभाका सह सचिव डा.रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।

सभामुख पदबाट कृष्णबहादुर महराको राजिनामाआएपश्चात सांसद्‍हरुलाई भम्रणमा जान र वैदेशिक प्रतिनिधिहरु नेपाल आएका बखत बैठक बस्न कठिनाई आएको पाण्डेले जानकारी दिए ।

केही कामलाई अध्यक्ष र उपसभामुखले पूर्णता दिएपनि उपसभामुखलाई सम्पूर्ण कामको अधिकार नहुने बताउँदै उनले प्रतिनिधि सभाले नियामवलीमा उल्लेख गरेको केही काम समेत रोकिएको जानकारी दिए ।

समितिका छलफलका विषयहरु तयार गर्दा डुप्लिकेशन भएमा, एकआपसममा समझदारी नभएमा सभामुखको निर्देशनबाट टुङग्याउने व्यवस्था रहेकाे बताउँदै समितिका सभापतिहरुको संयुक्त बैठक पनि सभामुखले नै आयोजना गर्ने व्यवस्था नियमावलीमा रहेको उनले जानकारी दिए  ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत