English

राजनीति

अपराधिक गतिविधिमा लाग्‍नेलाई सरकारले बचाउँदैन – नेता रायमाझी

sunrisekhabar

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कारबाही गर्ने बताएका छन् ।
 
पूर्व उप प्रधानमन्त्री समेत रहेका उनले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कारबाही प्रक्रियालाई अघि बढाउने आँट गरेको पनि स्पष्ट पारे ।
 
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरेका छन् । 

नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताए । ‘सडक, संचार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीको दाबी थियो, ‘इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन ।’

नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने दाबी पनि गरे । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत