English

सरकार

चिनियाँ राष्ट्रपतिको आगमन भ्रमण वर्षका लागि सहयोगी

sunrisekhabar

काठमाडौं । संस्कृति पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपतिको आगमन ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि सहयोगी बनेको बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने  – ‘चिनियाँ राष्ट्रपति सी चिनफिङको आगमनले भ्रमण वर्ष सफल बनाउन महत्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु, यसबाट नेपालको पर्यटनलाई धेरै फाइदा पुग्नेछ ।’

सी को भ्रमण ऐतिहासिक भएको भन्दै उनले भने – ‘चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्छु भन्ने सीको अभिव्यक्ति नै ठूलो उपलब्धि हो ।’ 

चिनियाँ नागरिक बौद्ध धर्मसँग निकट रहेको भन्दै मन्त्री भट्टराईले सीको आगमनपछि लुम्बिनी भ्रमण गर्ने पर्यटको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

सीको भ्रमणले नेकपालाई सुद्धिकरण र सृदृढीकरणमा सहयोग पुगेको उनको भनाइ छ ।
 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत