English

अपराध

रिहा भए दुर्गेश थापा : गल्ती गरेको स्वीकार

sunrisekhabar

काठमाडौं ।  आफ्नो गीतमा बियर र गाँजा खान उक्साउने विषय रहेको गायक दुर्गेश थापाले स्वीकारेका छन् । गल्ती स्वीकारेका उनलाई युटुबबाट गीत हटाउन लगाइ प्रहरीले आजै रिहा गरेको छ । 
दुर्गेशलाई प्रहरीले आजै बालाजुबाट पक्राउ गरेको थियो । 

तिहारको लागि भन्दै युटुबमा सार्वजनिक गरेको उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा गलत शब्द रहेको भन्दै सार्वजनिक रुपमा विज्ञप्ती जारी गर्दै माफी माग्ने बताएका छन् । 

दुर्गेशको रिहाइको विषयमाजानकारी दिँदै महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने– ‘उनले सार्वजनिक रुपमा माफी माग्ने बताएका छन् । आफ्नो गीत पनि युटुबबाट हटाइसकेका छन । अब फेरी पनि यस्तै खालको यस्तै गल्ती नदोहो¥याउने शर्तमा उनलाई छाडिएको हो ।’

यसअघि दुर्गेशको गीत विवादमा तानिएको थियो। सो गीतले सामाजिक सद्भाछव भड्काउन खोजेको र प्रतिवन्धिक नशालु पदार्थ प्रयोगमा उक्साहट गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत