English

समाज

अब जातीय राजनीति चल्दैन– बामदेव

sunrisekhabar

काठमाडौं । नेकपाका नेता बामदेव गौतमले जातीय राजनीति गर्ने दिन सकिएको बताएका छन् । ‘अब जातीय राजनीति चल्दैन, अब समुदायका लागि राजनीति गर्ने हो, समुदायका लागि काम गर्ने हो ।’

नेकपाको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल मुस्लिम संगठनको राजधानीमा कार्यालय गठन तथा कार्यालयमा रहेका सदस्यहरुलाई सपथ गराउँदै नेता गौतमले सो कुरा बताएका हुन् । 

नेता गौतमले नेपालमा भएको राजनीतिक परिवर्तनले सबै वर्ग तथा समुदायलाई समेटेको बताए । उनले नेपाली मुस्लिमहरुको मौलिक पहिचान रहेको बताउँदै मुस्लिम संगठनले सीमित घेराभन्दा माथि उठेर सिंगो समुदायका लागि काम गर्नुपर्ने बताए । नेपालको विकासमा मुस्लिम समुदायको ठूलो योगदान रहेको चर्चा गर्दै नेता गौतमले नेपालमा सबै धर्मलाई फल्नफूल्न अवसर दिइएको बताए । उनले नेपाली मुस्लिमहरुले कहिल्यै जातीयताकाे राजनीति नगरेकाे र सधैं समुदाय, देश र जनताका लागि राजनीति गरेकाेमा भन्दै खुसी व्यक्त गरे ।

नेपालमा सयौं वर्ष पहिलेदेखि मुस्लिम धर्मावलम्बीहरु रहेको बताउँदै नेता गौतमले मुस्लिम समुदायलाई मूलधारमा ल्याएर सम्मान र सहभागिता दिलाउने काम नेकपाले गरेको बताए । नेपाल मुस्लिम संगठन धार्मिक संगठन नभएर सामुदायिक संगठन भएकाे पनि नेता गाैतमले बताए ।

सो कार्यक्रममा नेपाल मुस्लिम संगठनका सेराज अहमद फारुकी, अतहर हुसैन फारुकी, महफुज अन्सारी, मोहम्मद हारुन, तैयब हुसेन, ताज मोहम्मद मिया, मक्ुसुद अली, वाहिद अन्सारी र रजी हैदरले सपथ लिएका थिए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत