English

अपराध

गायक दुर्गेश थापा पक्राउ 

sunrisekhabar

काठमाडौं । पछिल्लाे समय चर्चामा रहेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई मंगलबार बालाजुबाट पक्राउ गरेको हो । 

दुर्गेशले युट्युवमार्फत् सार्वजनिक गरेको तिहार सम्बन्धी गीत विवादमा तानिएको छ। सो गीतले सामाजिक सद्‍भाव भड्काउन खोजेको र प्रतिवन्धिक नशालु पदार्थ प्रयोगमा उक्साहट गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । 

‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा उनले गाँजा खानुपर्छ भन्ने सन्देश दिएका छन् । उनको गीतले सामाजिक र धार्मिक सद्भावमा खलल पुर्‍याएकाे प्रहरीको दाबी छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत