English

सरकार

राष्ट्रपति भण्डारी र कोविन्दबीच जापानमा भेटवार्ता

sunrisekhabar

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र उनका समकक्षी कोविन्दबीच मंगलबार बिहान जापानमा भेटवार्ता भएको हो । 

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन पुगेको अवसरमा भण्डारी र कोविन्दबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन् । आफूलाई नेपाल भ्रमणको निम्तो दिएकाेमा कोविन्दले राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका छन् । उनले समय मिलाएर नेपाल आउने बताए ।

भेटमा दुई देशबीचको पारस्पारिक हित र सम्बन्धका विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह मङ्गलबार इम्पेरियल प्यालेसमा हुँदैछ । नयाँ सम्राटलाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियोमा जम्मा भएका छन्  ।

राष्ट्रपति भण्डारीसहितकाे नेपाली टाेली राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार म्यानमारबाट टाेकियाे पुगेकाे थियाे ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत