English

सरकार

आङ सान सुची नेपाल भ्रमणमा आउने

sunrisekhabar

काठमाडौं । सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सुचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूचीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो ।
 
सोमबार उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै भने– ‘सुचीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहना रहेको बताएकाले सो को प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको छ ।’ 
 
उनले थपे – ‘हामी सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौं ।’ तर, उनले भ्रमणको मिति भने खुलाउन मानेनन् । 

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे । उनले नेपालले कसैको दवावमा परेर कुनै पनि सन्धि÷सम्झौता नगर्ने पनि दोहो¥याए । राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्ने पनि मन्त्री ज्ञवालीको भनाइ थियो । 

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताए । राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई मुलुकबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदान सम्बन्धी महत्वपूर्ण सम्झौंता भएको थियो ।  


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत