English

अपराध

ठमेलको ‘यौन बिचौलिया’ प्रहरी फन्दामा 

sunrisekhabar

काठमाडौं । ठमेल क्षेत्रमा विभिन्न जिल्लाबाट आएका युवतीहरुलाई ‘काममा लगाईदिन्छु’ भनी प्रलाेभन दिँदै यौनधन्दामा लगाउने ‘यौन बिचौलिया’लाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले लामो अनुसन्धानपछि सर्लाही घर भई काठमाडौंको डल्लु बस्दै आएका टंकबहादुर माझीलाई पक्रेको हो । 

काठमाडौं बाहिरबाट आएका युवतीहरुलाई उनले काममा लगाईदिन्छु भनेर ठमेलका विभिन्न होटलका कोठामा राख्ने गरेकाे प्रहरीकाे दावी छ । अनि, ट्याक्सी चढेर ग्राहक खोज्न हिँड्ने टंकबहादुरले ती युवतीहरुलाई यौन धन्दामा लगाएर ग्राहकसँग रकम असुली गर्दै आएका थिए । 

‘एकजना ग्राहकबाट उनले कम्तिमा तीन हजार रुपैयाँ सम्म लिएर यौनधन्दा गराउने गरेकाे अनुसन्धानबाट खुलेको छ’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी बिनोद घिमिरेले भने–‘हामीले उनलाई मानव बेचविखन मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ 

ठमेल क्षेत्रमा ‘यौन बिचौलिया’को रुपमा चिनिएका टंकबहादुरले मध्यरातमा ती युवतीहरुलाई कोठा–कोठामा छाड्न जाने गरेका थिए । प्रहरीले उनलाई नागपोखरीबाट पक्रेको हो । बा.१ ज १९७७ नम्बरको ट्याक्सीमा ग्राहक खोजिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीकाे भनाई छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत