English

अपराध

नवलपरासी र कैलालीबाट एकाउन्‍न जुवाडे पक्राउ 

sunrisekhabar

काठमाडौं । प्रहरीले  नवलपरासी र कैलालीबाट ५१ जना जुवाडेलाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–७ लालपुरका वीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।

त्यस्तै प्रहरीले सोमबार नवलपरासीको देवचुली नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ । 

देवचुली नगरपालिका–६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

प्राप्त प्रतिक्रिया
तपाईँको मत