English

अपराध

नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ

sunrisekhabar

काठमाडौं । प्रहरीले बौद्धबाट नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ घर भई बौद्धस्थित नयाँबस्ती बस्दै आएका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् । 

उनीहरुले बौद्धस्थित नयाँबस्तीमा फ्ल्याट लिएर नक्कली नोट छाप्ने कारखाना  सञ्चालन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । 

महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुको छापाखाना खानतलासी गरेर नक्कली नोट छाप्ने मेसिन, रंगिन फोटोकपी मेसिन, कम्युटर, हिटर र पैसा बनाउन प्रयोग हुने कागज बरामद गरेको छ । 

छापिसकेको अवस्थामा उनीहरुको फ्ल्याटबाट १ हजार दरका ३४ थान नक्कली नोट समेत बरामद गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश बहादुर सिंहले जानकारी दिए । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत