English

सरकार

मन्त्रिपरिषद्को निर्णयः दरवन्दी पूर्तिदेखि सहायक रथीको बढुवासम्म 

sunrisekhabar

काठमाडौं । यो साता बसेको मन्त्रिपरिषदको बैठकले  दरवन्दी पुर्ति देखि सहायक रथीको बढुवासम्म गरी कुल ६ निर्णय गरेको छ। 

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यो साता मन्त्रिपरिषदको बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गरेका हुन् । 

दशैंका कारण असोज १७ गते मात्र  बैठक बस्न सकेको उनले जानकारी दिए ।  

- विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ। 

- विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरेको जानकारी दिएको छ। 

- बैठकले आर्थिक वर्ष ०७६/७७ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरेको छ। 

- सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमार थापासमेत पाँच जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ। 

- नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि बैठकले गरेको छ। 

- नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गरेको छ। 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत