English

खेलकुद

विश्वकपको छनोटमा नेपाल अष्ट्रेलियासँग पराजित

sunrisekhabar

काठमाडौं । विश्वकप २०२२ को छनोट अन्तर्गत आज भएको खेलमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ । बलियो प्रतिस्पर्धी अष्ट्रेलियासँगको यो हार अप्रत्याशित भने होइन । 

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा नेपाल पहिलो हाफमा ३–० ले पछि परेको थियो । 

खेलको छैठौं मिनेटमा नै अष्ट्रेलियाका जेमी म्याकलारनले गोल गरेका थिए । १९ औं मिनेटमा पुनः गोल गर्दै जेमीले अष्ट्रेलियाको अग्रतालाई दोब्बर बनाए । त्यस्तै खेलको २३ औं मिनेटमा ह्यारी साउटरले गोल गरे ।

नेपाली डिफेन्डरहरुसँग सजिलै खेलेका अष्ट्रेलियालीहरुले त्यसपछि केही मेहनत गर्नुपरेको थियो । पहिलो हाफको बाँकी समयमा भने थप गोल भएन । 

दोस्रो हाफको सुरुवातमा नेपालले राम्रै गरेपनि खेलको ५८ औं मिनेटमा ह्यारीले एक गोल थपे । खेलमा नेपाली स्ट्राइकरहरुले पनि गोलको लागि खासै मुभ बनाउन सकेनन् । 

खेलमा नेपाल ४–० ले पछि परेको नेपाल विरुद्ध ९० औं मिनेटमा एक गोल थप्दै अष्ट्रेलियाले गोल अन्तरलाई ५–० बनायो । साे गाेल पनि जेमीले नै गरेका थिए । याेसँगै उनकाे ह्याट्रिक पनि पूरा भएकाे थियाे । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत