English

विश्व

इरानले रिहा गर्‍याे रसियाली पत्रकार

sunrisekhabar

मस्को । इरानले पक्राउ परेका रसियाका एक पत्रकारलाई मुक्त गरेको छ ।  इजरायली  गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन् । 

उनलाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारका प्रवक्ताले बताएका छन् । तर रसियाली दूतावासले उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको आरोप लगाएको छ ।

रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको दूतावासको संयुक्त प्रयासमा इरानले रसियाली पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ । 

युलिया मस्को फिर्ता हुने उडानबाट रुसी राजधानीमा अवतरण गरेकोे युलियाका पूर्व पतिको ,रूपमा चिनिन पत्रकार बोरिस भोइटसेखोभस्कीे फेसबुकमा बताएका छन् । 

गिरफ्तारीको अवस्था स्पष्ट गर्न रसियाले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो । युलियाले न्युजवीकको रसियाली संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी थिइन् । 
उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा “बेस्लान शब्दकोश“ सहित दुई पुस्तकहरू लेखेकी छिन् । यस नरसंहारमा कम्तीमा ३३० व्यक्तिको ज्यान गएको थियो । जसमध्ये आधा भन्दा बढी बालबालिका रहेका थिए । रासस/एएफपी

प्राप्त प्रतिक्रिया
तपाईँको मत