English

सरकार

प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीबीच बालुवाटारमा छलफल जारी

sunrisekhabar

काठमाडाै। चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँगको  छलफल जारी छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन्। 

छलफलका सहभागिले फिङको भ्रमण ऐतिहासिक भएकोले सरकारले बिशेष ध्यान दिन सल्लहा दिएका छन्। फिङले शनिबार र आईतबार नेपालको राजकीय भ्रमण गर्दैछन् । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत