English

सरकार

प्रधानमन्त्रीले विज्ञहरुसँग सल्लाह लिने

sunrisekhabar

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न दुई दिने नेपाल भ्रमणअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग सल्लाह लिने कार्यक्रम रहेको छ ।

बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्रीहरु, परराष्ट्रमन्त्रीहरु र परराष्ट्र मामिलाका विज्ञहरुसँग भेट्दै सल्लाह लिन लागेका हुन् ।

चिनियाँ राष्ट्रपतिस्तरको भ्रमण नेपालमा २३ वर्षपछि हुनलागेको हो ।

यो भ्रमणलाई विश्वले नै महत्वकासाथ हेरिरहेको छ ।  राष्ट्रपति सी को भ्रमणलाई सफल बनाउन सरकारले गरेको प्रयासको यो निरन्तरता रहेको बुझिएको छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत