English

खेलकुद

आयरल्याण्डसँग नेपाल पराजित

sunrisekhabar

काठमाडौं । नेपाली क्रिकेट टोली आयरल्याण्डसँग पराजित भएको छ ।

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी टी२० सिरिजमा बुधबार नेपालले पहिलो हार व्योहोरेको हो । आयरल्यान्डसँग १३ रनले पराजित भएको नेपालको यो प्रतियोगितामा पहिलो हार हो ।

आयरल्याण्डले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । जितको नजिक पुगेको नेपालले खेलमा फिनिसिङ गर्न नसकेपछि हारेको हो ।

नेपालको लागि इशान पाण्डेले २२, कप्तान पारस खड्काले २५, आरिफ शेखले २६, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १९ र करणले १६ रन बनाएका थिए । आयरल्यान्ड्सका मार्क एडियर, जर्ज डकरेलले समान ३ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पल स्टर्लिङको अर्धशतकसँगै ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । स्टर्लिङले ५९, एन्डी बलब्रिनीले ३८ र स्टुआर्ट थम्पसनले २१ रन जोड्नुबाहेक कुनै ब्याट्सम्यानले दोहारो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र अबिनाश बोहोराले समान २, ललितनारायण राजवंशी र करणले समान १ विकेट लिए ।

नेपालले अघिल्ला दुई खेलमा हङकङ र नेदरल्यान्ड्समाथि जित दर्ता गराएको थियो । ओमान, आयरल्याड र नेपालको समान ४ अंक छ । नेरल्यान्ड्स र हङकङ अंक विहिन छन् । राउन्ड रोविनको अन्तिम खेलमा बिहीबार नेपालले ओमानको सामना गर्ने तालिका रहेको छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत