English

विश्व

भारतपछि नेपाल भ्रमण यसरी गर्दैछन् चिनियाँ राष्ट्रपतिले

sunrisekhabar

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत गएपछि उतैबाट नेपाल आउनेछन् । उनी अक्टोबर ११ मा भारत जानेछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गर्नेछन् । 

विश्व कूटनीतिमा पछिल्लो केही समयदेखि अनौपचारिक वार्ताको चलन चलेको छ । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीले गतवर्ष अप्रिलमा चीनको उहान सहरमा डुंगा चढेर अनौपचारिक वार्ता गरेका थिए । सो वार्तापछि चीन र भारतको सम्बन्ध सामन्यीकरणतर्फ गएको मानिन्छ ।

अहिले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री बीच भारतको तमिलनाडुको ममलापुरममा अनौपचारिक वार्ता हुनेछ । जसलाई अनौपचारिक शिखर सम्मेलन (इन्फर्मल समिट) भनिएको छ । 

गत वर्ष वुहानमा भएको शिखर सम्मेलनलाई पहिलो भन्दै अब हुने शिखर सम्मेलनलाई दोस्रो भनिएको छ । 

सो शिखर सम्मेलन सकेर राष्ट्रपति सी १२ तारेख अर्थात् २५ असोजमा नेपाल आउनेछन् ।


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत