English

विश्व

चीनले बदल्याे विचार : दक्षिण एसिया प्रभावित

sunrisekhabar

काठमाडौं । चीनले कश्मीर मामिलामा विचार फेरेकाे छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले केही दिन पछि भारतको भ्रमण गर्दैछन् । सी र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीबीच अनाैपचारिक वार्ता हुँदैछ । याे भ्रमणकाे पूर्व सन्ध्यमा जम्मू–कश्मीरको बारेमा चीनले  अ‌ाफ्नाे पूर्व धारणामा एकसय असी डिग्रीकाे फेरबदल गरेकाे छ ।

चिनियाँ विदेश मन्त्रालयले कश्मीरको विषय भारत र पाकिस्तानकाे द्धिपक्षीय संवादले हल हुनुपर्ने धारणा अगाडि सारेकाे छ । यसअघि चीनले यो मामलामा संयुक्त राष्ट्र संघ तथा सुरक्षा परिषदको प्रस्ताव अनुसार समाधान गर्नुपर्ने विचार अगाडि सारेकाे थियाे । चिनियाँ विदेश मन्त्री वाङ यीले राष्ट्रसंघीय महासभामा यही विचार राखेका थिए । तर अहिले चीनले धारणा फेरेर  द्धिपक्षीय समाधानकाे पक्षमा अडान राखेकाे हाे ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान चीन भ्रमणामा गए लगत्तै चीनियाँ धारणा सार्वजनिक भएकाे हाे । चीनकाे फेरिएकाे याे विचारले दक्षिण एसियाकाे राजनीति पूरै प्रभावित हुने प्रक्षेपण गरिएकाे छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत