English

राजनीति

झापा पुगेर प्रधानमन्त्री ओलीले गरे महत्वपूर्ण घोषणा

sunrisekhabar

काठमाडौं । आफ्नो गृहजिल्ला झापा आएर प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण घोषणा गरेका छन् । 

उनले पूर्व सभामुख कृष्णबहादुर महराको नाम नलिई आचरण बिगार्ने मामिला सह्य नहुने बताए । आचरणको मामिलामा ठूलो सानो नहेरिने उनले बताए । 
दमकमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने– ‘अस्ति १३ गतेबाट खुला दिसामुक्त नेपाल भयो । सभ्यताको स्तर माथि उठ्यो । हामी केही समयभित्रै निरक्षरता उन्मुलन भएको ‘साक्षर नेपाल’ घोषणा गर्दैछौं ।’ 

प्रधानमन्त्री ओलीले अर्काे घोषणा गरे– ‘अर्काे सालबाट स्कुल जाने बालबालिका स्कुल बाहिर नहुने व्यवस्था गर्दैछौं । भिखमंगा नभएको देश घोषणा गर्दछौं ।’ 

प्रधानमन्त्रीले अर्काे घोषणा पनि गरे– ‘अब नेपाल सडक मानव मुक्त देश भएको घोषणा गर्दर्छाैं ।’

कहीँ कतै सडकमा मानिस अलपत्र देख्नुभयो भने नजिकको प्रहरीमा खबर गर्नुहोस्– प्रधानमन्त्री ओलीले भने ।

‘पहिले पहिले जस्तो सडक पेटिमा घाउ भइरहेको, कुकुरले चाटिरहेको, चराले ठुगिरहेको मनिस देख्दैनौं ।’ 

प्रधानमन्त्री ओलीले भने– ‘राजमार्गमा अहिले खाल्टा छैन, पूर्व सरकारहरु छक्क परेका छन् । राजमार्गमा त खाल्टा हुन्थे, अहिले छैन । तैपनिबाटो भएन भन्छन् । पहिले मानिसहरु बस भित्रै घाइते हुन्थे । दुर्घटना नभईकन बसभित्रै ठोकिएर, जोल्टिङमा परेर घाइते हुन्थे । अहिले त्यो खालको अवस्था अहिले छैन ।’ 

आफ्नो निर्वाचन क्षेत्र बारम्बार आउन मन लाग्ने भन्दै प्रधानमन्त्रीले भने– ‘म पटकपटक आफ्नो निर्वाचन क्षेत्रमा आइरहेको छु । यहाँ धेरै आइरहनुपर्छ भन्ने लाग्दैन । मलाई यस ठाउँमा पुराउने साथीहरुलाई नमस्कार गरौं जस्तो लाग्छ तर यहाँ दुईचार दिनमा आएर नमस्कार गर्नुभन्दा सिंगै देश हेर्नु राम्रो हुन्छ ।’ 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत