English

विश्व

अचम्म तर सत्य : भारत र तालिवानबीच गोप्य रुपमा कैदी साटासाट

sunrisekhabar

अफगानिस्तानमा विद्रोही संगठन तालिवानले बन्धन बनाएका तीन जना भारतीय इन्जिनियरहरु रिहा भएका छन् । आफ्ना ११ जना कार्यकर्तालाई रिहा गर्ने शर्तमा तालिवानले भारतीयहरुलाई रिहा गरेको हो । 

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार आइतबार कुनै गोप्य स्थानमा यसरी कैदी साटासाट गरिएको हो । भारतले रिहा गरेका ११ जनामध्ये शेख अब्दूर रहिम र मौलावी अब्दुर राशिल पनि छन् । दुबैले कुनुर र निमरोज प्रान्तका लागि तालिवानको गर्भनरका रुपमा काम गरिसकेका छन् ।  

यस घटनाका विषयमा भारतीय र अफगानी अधिकारी दुबैले कुनै जानकारी दिएका छैनन् । तालिवानले अफगानिस्तानको उत्तरी बघलान प्रान्तस्थित एक उर्जा संयन्त्रमा काम गर्ने सातजना भारतीय इन्जिनियरलाई मे, २०१८ मा बन्धक बनाएको थियो । तीमध्ये एकजनालाई मार्च महिनामै छोडिएको थियो भने अन्यका विषयमा कुनै जानकारी सार्वजनिक भएको थिएन । 

तालिवानी प्रतिनिधिमण्डल पाकिस्तानमा 

रिहाईको यस प्रक्रिया टुंगो लगाउन अफगानिस्तानका लागि विशेष अमेरिकी दूत जल्मे खलिलजाद र तालिवानका प्रतिधि मुल्ला अब्दुल गनी बरदरबीच बैठक बसेको थियो । पाकिस्तान सरकारको निमन्त्रणमा वार्ताका लागि बरदर नेतृत्वको १२ सदस्यीय टोली अहिले इस्लामावादमा छ । 

बुधबारदेखि नै वार्ताका लागि टोली यहाँ आएको हो । 

तालिवानी प्रतिनिधिमण्डलले पाकिस्तान विदेशमन्त्री शाशह महसुद करैशीसँग दक्षिण एशिया क्षेत्रमा शान्ति कायम गर्ने विषयमा छलफल गर्दैछ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत