English

अपराध

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

sunrisekhabar

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई महिला विरुद्ध जबरजस्ती करणी प्रयास र हातपातको अभियोगमा पक्राउ गरिएको हो । उनलाई डीएसपीको नेतृत्वमा गएको नयाँ बानेश्वर प्रहरीको टोलीले सरकारी निवास बालुवाटारबाट पक्राउ गरेको हो ।  

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले प्रहरीमा गइ गत असोज १२ मा  आफ्नो तीनकुनेस्थित डेरामा आइ महराले जबरजस्ती गरेको भन्दै शनिबार बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् ।

उनको उजुरी आज बिहान १० बजे दर्ता भइ प्रहरीले पक्राउ अनुमति माग्दै जिल्ला अदालत काठमाडौं गएको महानगरीय प्रहरी परिसर काठमार्डांका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए  । अदालतले पक्राउ अनुमति दिएसँगै महरा पक्राउ परेका हुन् ।

यसअघि यो विषयमा मिडियामा बोलेकी रोशनीले उक्त घटना बाहिरिएपछि आरोप गलत रहेको बताएकी थिइन् ।

प्रहरीले शाहीलाई दबाबमा नपरी उजुरी गर्न ताकेता गरेपनि रोशनीले उजुरी गरेकी थिइनन् । तर, शनिबार उनले उजुरी गरेसँगै प्रहरीलाई महारा पक्रउ गर्ने बाटो खुलेको थियो ।

रोशनीको स्वास्थ्य परीक्षण पनि भइसकेको बताइएको छ ।

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत