English

खेलकुद

ओमान टी–२० सिरिजः नेपालको पहिलो खेल हङकङसँग 

sunrisekhabar

काठमाडौं । नेपालले आज हङकङको सामना गर्दैछ । ओमान जारी पाँच देश सम्मिलित टी–२० सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा चिरप्रतिद्वन्दी हङकङको सामना गर्ने भएको हो ।

नेपालले सिंगापुरमा सम्पन्न त्रिदेशीय टी–२० सिरिज खेलेर ओमानमा पुगेको हो । सिंगापुरमा नेपालले दुई खेलमा हार एकमा जित र एक खेल वर्षाले रद्द भएको थियो ।

प्रतियोगितामा नेपाल र हङकङ बाहेक ओमान, आयरल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् । 

हिजोदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा ओमानले हङकङलाई र आयरल्याण्डले नेदरल्याण्डसलाई हराएको छ । 
खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा हुने तालिका रहेको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत