English

अपराध

महरा काण्ड प्रहरीमाः रोशनीले दिइन् उजुरी

sunrisekhabar

काठमाडौं । रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । यसअघि महराले जबरजस्ती गरेको भन्दै मिडियामा बोलेकी रोशनीले उक्त घटना बाहिरिएपछि आरोप गलत रहेको बताएकी थिइन् । 

यसअघि प्रहरीले दबाबमा नपरी उजुरी गर्न ताकेता गरेपनि रोशनीले उजुरी गरेकी थिइनन् । तर, शनिबार भने उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता गराइन् । 

आइतबार अदालत खुलेपछि आदेश लिएर महरालाई प्रक्रने तयारी रहेको स्रोतले सनराइज खबरलाई बताएको छ । 

गत असोज १२ मा महराले शाहीको तीनकुनेस्थित डेरामा गइ महराले बलात्कार र हातपात गरेको बताइएको थियो । 

रोशनीकाे स्वास्थ्य परीक्षण पनि भइसकेको बताइएको छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत