English

अपराध

गोली कि गुलेली ? रनभुल्ल प्रहरी

sunrisekhabar

काठमाडौं । ललितपुरको एक घरको झ्याल गोलीले फुटाएको कि गुलेलीले भनी प्रहरी रनभुल्लमा परेको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएन) को आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका कुल आचार्यको घरको झ्यालको सीसा फुट्यो । सो घटना १४ गतेको हो । 

प्रहरी स्रोतका अनुसार ललितपुरको सानेपा स्थित कुलको घरमा केही चिजले झ्यालको सीसा फुटायो । गोलीले झैं सीसा छेडिएको देखिएपछि परिवारले प्रहरीलाई खबर गर्यो । प्रहरीले फुटेको सीसा निरीक्षण गर्यो र गुलेली हानिएको ठान्यो । तर, यो घटना त्यसै सेलाएन । आज पुन प्रहरी टोली सो घरमा पुगेर निरीक्षण गर्दै मुचुल्का उठाएको छ । 

एक प्रहरी अधिकारीका अनुसार गुलेली हानिएको हो भने सीसामा प्वाल पर्दैन, पूरै फुट्छ । तर, कुल आचार्यको झ्यालको सीसा वारपार छेडिएको छ । ‘गोली पनि हुनसक्छ’– ती प्रहरी अधिकारीले सनराइज खबरलाई बताए– ‘शंकास्पद देखिएपछि हामीले पुन त्यहाँ अनुसन्धान गर्न पठाएका छौं ।’

प्राप्त प्रतिक्रिया
तपाईँको मत