English

अपराध

घुस लिने ओभरसियर चौधरी अख्तियारको नियन्त्रणमा 

sunrisekhabar

काठमाडौं । टोखाका ओभरसियर प्रशान्त चौधरीलाई ५ लाख घुस सहित अख्तियारदुरूपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले पक्राउ गरेको छ । 

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौंमा कार्यरत उनले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने क्रममा  सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । 

उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो । चौधरी बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत