English

खेलकुद

जिम्बाब्वेलाई हराउन नेपालले १६१ रन बनाउनुपर्ने

sunrisekhabar

काठमाडौं । सिंगापुर त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेपाल विरुद्ध जिम्बाब्वेले १ सय ६० रन बनाएको छ । खेल जित्न नेपालले दोस्रो इनिङमा १ सय ६१ रन बनाउनुपर्नेछ । 

सिंगापुरको इन्डियन क्रिकेट मैदानमा नेपालले यसअघि टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो । ब्याटिङमा आएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै साे याेगफल जाेडेकाे हाे । 

टोलीका लागि कप्तान सिन विलियम्सले ३५ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाए । त्यस्तै पिटर मुरले २१ रन बनाएभने टिनोटेण्डा मुतोम्बोद्जीले २० र रायन बर्लले नटआउट २८ रन बनाए । 

आज नेपालले इनिङको पहिलो ओभर नै सन्दीप लामिछानेलाई दिइ नयाँ प्रयोग गरेको थियो । पहिलो ओभरको चौथो बलमै उनले पनि विकेट लिइ नेपाललाई राम्रो सुरुवात दिलाए । ३८ रनमै तीन विकेट ढालेपनि जिम्बाब्वेका ब्याटसम्यानले सम्हालिँदै खेल्दै नेपाल विरुद्ध राम्रो स्कोर बनाउन सक्यो । 

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिइ २ विकेट लिएका छन् । त्यस्तै कप्तान पारस खड्का र अविनाश बाेहराले समान १ विकेट लिएका छन् । 

नेपालले यसअघि जिम्बाब्वेसँगको पहिलो खेल हारिसकेको छ भने दोस्रो खेलमा सिंगापुरलाई हराएको छ । आजको खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत