English

अपराध

नागढुंगा बाट पेस्तोल सहित दुई पक्राउ 

sunrisekhabar

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सुनसरीको धरान घर भएका शैलेस तामाङ र दाङ घर भएका उज्वल गिरी रहेका छन । मंगलबार महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
 
शैलेस र उज्वलको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल र १ थान गोली बरामद गरेको हो । बुटवलबाट काठमाडौं आउँदै गरेका उनीहरु लु१ख ९९८८ नम्बरको बसमा सवार थिए । 

त्यस्तै, तेह्रथुमको आठराई गाउँपालिका–३ ह्याकु बस्ने युवराज इङ्नाम भरुवा बन्दुकको नाल सहित पक्राउ परेका छन् । सोमबार साँझ दुईवटा बन्दुकको नाल र एउटा बट सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत