English

राजनीति

सरकारले कामै गरेन भन्‍नु गलत : प्रचण्ड 

sunrisekhabar

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले काम नै गरेन भन्नु गलत रहेको बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने– ‘सरकारले कामै गरेन भन्नु गलत हो, थुप्रै मौलिक हकसम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, पाइपलाइनबाट पेट्रोल आयो ।’

सरकारका कामले सोचेअनुसार गति नलिएको भन्दै उनले अब काममा गति दिने बताए । सरकार र पार्टीको कामको समीक्षा भइरहेको भन्दै प्रचण्डले नयाँ शीराबाट गति दिने गरी छलफल थालिएको बताए । भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहेको उनले बताए ।

 प्रचण्डले मन्त्रिपरिषद्‍ फेरबदबारे प्रश्न नगर्न पत्रकारहरुलाई आग्रह गर्दै  प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्रिपरिषद्‍ फेरबदल हुने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र रे संविधानको रक्षाका निम्ति सबै दलहरु एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । अध्यक्ष प्रचण्डले सबै मिलेर अराजक गतिविधिको प्रतिवाद गर्नुपर्ने पनि बताए । ‘परिवर्तन र प्रणालीलाई खतरा नगरेपनि यो गम्भीर विषय हो, सरकार  र  सबै दलले यसको प्रतिवाद गर्नुपर्छ भन्ने सदनमा सहभागी दलहरुबीच सझदारी भएको छ ।’ उनले आफूले कसैमाथि भौतिक प्रतिवादमा उत्रन निर्देशन नदिएको पनि स्पष्ट पारे ।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन प्रचण्ड सुनसरी पुगेका हुन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत