English

विश्व

पाकिस्तानमा बस दुर्घटना: २६ जनाको निधन

sunrisekhabar

गिल्गिट । पाकिस्तानको बबुसार टापु नजिकै भएको यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाको निधन भएको छ ।  आइतबार विहान भएको सो दुर्घटनाका कारण  १२ जना घाइते भएको प्रहरीले जनाएको छ । 

निधन भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए । 

स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।  

 

प्राप्त प्रतिक्रिया
तपाईँको मत