English

खेलकुद

नेपालको अन्तिम खेल आज श्रीलङ्कासँग

sunrisekhabar

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रील‌ंकासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्रा्ष्ट्रिय रङ्गशालामा नेपाल श्रील‌ंकासँग भिड्ने तालिका रहेकाे छ। 

जाेर्डनमा जारी प्रतियाेगिता अन्तर्गत श्रील‌ंकाविरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग पहिलाे खेलमा ७–० गोलले हारेको थियो भने दाेस्राेमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो ।
    
एएफसी यु–१६ च्याम्पियनको छनोटबाट नेपाल र श्रील‌ंका बाहिरिसकेको छ । नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत, ताजकिस्तान र श्रील‌ंका छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।  

प्राप्त प्रतिक्रिया
तपाईँको मत