English

राजनीति

नेकपाले  टुंगो लगायो महानगरका अध्यक्ष र सचिव

sunrisekhabar

काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ६ वटै महानगरको अध्यक्ष र सचिवको  टुंगो लगाएको छ ।

शनिवार बालुवाटारमा बसेको सचिवालय बैठकले काठमाडौंका अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

त्यस्तैगरी ललितपुरका अध्यक्ष र सचिवमा क्रमशः मञ्जली शाक्य र ज्ञानेन्द्र शाक्य, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा, वीरगञ्जमा रोहबर अन्सारी र विश्वम्बर शर्मा र विराटनगरमा सागर थापा र हेम कार्की रहेकाे नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत