English

अर्थ

घट्यो खाना पकाउने ग्यासको भाउ

sunrisekhabar

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ । 

त्यसैगरी हवाई इन्धनको मूल्य पनि घटेको छ । निगमले हवाई इन्धन (अन्तराष्ट्रिय) तर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको हो । प्रति किलोलिटर १०५० अमेरिकी डलरबाट एक हजार अमेरिकी डलर कायम गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको बताइएको छ । भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार समायोजन गर्दा ग्यास र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने यथावत  राखेको छ । भारतबाट पाइपलाइन मार्फत पेट्रोलियम पदार्थ भित्र्याइएकै दिन निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो । गत २४ भदौमा नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाइन मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको औपचारिक उद्घाटन भएको थियो । 


 

प्राप्त प्रतिक्रिया
तपाईँको मत