English

सरकार

फहराइयो नेपाली झण्डा बुर्ज खालिफामा

sunrisekhabar

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित विश्वकै अग्लो मानवनिर्मित भवन बुर्ज खालिफामा पहिलोपटक नेपालको राष्ट्रिय  झण्डा फराइएको छ ।

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा पारेर राष्ट्रिय  झण्डा फराइएको हो । आबुधाबीमा रहेको नेपाली दूतावासको अनुरोधमा युएई सरकारले ८ सय २३ मिटर अग्लो उक्त भवनमा पहिलोपटक नेपालको राष्ट्रिय झण्डा फहराएको हो । बुर्ज खालिफामा नेपाली झण्डा १ मिनेटसम्म फहराइएको थियो ।

झन्डा फहराएको दृश्य प्रत्यक्ष हेर्न त्यहाँ रहेका नेपाली बुर्ज खालिफा परिसरमा पुगेका थिए । विश्वकै अग्लो भवनमा आफ्नो देशको राष्ट्रिय झण्डा फराउँदा निकै खुसी लागेको अर्घाखाँचीबाट दुबई पुगेका कमल खनालले बताए । उनका अनुसार झण्डा फराउँदाको दृश्यले सबै नेपालीका आँखा खुसीले रसाएका थिए ।

नेपालीहरुले अ‌ापसमा खुसी साट्दै नेपाल नेपाल भन्दै रमाएका पनि खनालले बताए । झण्डा फराइरहेको दृश्य हेर्न नेपाली मात्र होइन नभएर विश्वभरका मानिसको भीड लागेको पनि उनले बताए ।

यस्तै, युएईको राजधानी आबुधावीस्थित एडीएनओसी मुख्यालयमा पनि नेपालको  झण्डा फहराइएको दूतावासले जनाएको छ । नेपालको अनुरोधलाई स्वीकार गरेर झण्डा फराउन सहयोग गरेको भन्दै नेपाली दूतावासले युएई सरकारलाई धन्यवाद दिएको बताएको छ  । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दूतावासमा समेत झण्डोत्तलन तथा दीप प्रज्ज्वलन गरिएको थियो । 

बुर्ज खालिफामा विश्वका अन्य देशको स्वतन्त्रता दिवस लगायत अन्य विशेष अवसरमा ती देशका झण्डा फहराइने गरिएको पाइन्छ । नेपालले भने पहिलोपटक राष्ट्रिय झण्डा फहराएको हो ।  यो वर्षको संविधान तथा राष्ट्रिय दिवस झण्डालाई केन्द्रमा राखेर मनाइएको छ ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत