English

सरकार

राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन राष्ट्रपतिको आग्रह

sunrisekhabar

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले आर्थिक समृद्धि हासिल गर्ने गरि साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गईरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुनुपर्ने बताइन् । 

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पनि प्रशंसा गरिन् । 

राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको समेत चर्चा गरिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत