English

संसद्

डेंगू नियन्त्रणका लागि सरकार गम्भिर भएन : कोमल ओली

sunrisekhabar

काठमाडौं । सत्तारुढ नेकपाकी सांसद कोमल ओलीले डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको अ‌ाराेप लगाएकी छन् । राष्ट्रिय सभा बैठकको बिशेष समयमा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगू संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

डेंगू संक्रमणले महामारीको रुप लिईसकेको भन्दै उनले प्रभावकारी ढंगले प्रकोप नियन्त्रण गर्दै भविश्यमा आउन नदिन आवश्यक तयारी गर्न सरकारसँग माग गरिन् ।

शुक्रराज ट्रपिकल अस्पताल टेकूका डाक्टर र कर्मचारी पनि विरामी भएको तथा मेसिनले उपयुक्त काम नगरेका कारण गत सोमबार देखि विरामीले चुस्त रुपमा सेवा पाउन नसकेको भन्दै उनले प्रयोगशालाका मेसिनलाई चुस्त दुरुस्त बनाउँदै सहज उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत