English

सरकार

विज्ञान प्रविधिको विकासबाट देशमा समृद्धि  : मन्त्री बाँस्कोटा

sunrisekhabar

काठमाडौं । सरकारले विज्ञान र प्रविधिको विकासबाटै देशलाई समृद्ध बनाउने संकल्प लिएको बताएको छ ।

ग्लोबल इन्टरप्राईज टेक्नोलोजी फोरमले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले सूचना तथा प्रविधिको विकासमा विशेष जोड दिएको बताए । उनले भने – ‘सूचना तथा प्रविधिको विकासबाटै मुलुकलाई समृद्ध बनाउने संकल्प लिइएको छ ।’ 

उनले सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधार विकासको कामलाई योजनावद्ध ढंगले अघि बढाएको पनि स्मरण गराए । उनले विद्युतीय प्रविधिको प्रयोगबाट सबै स्थानीय तहमा आर्थिक कारोबारको अभिलेख राख्ने प्रविधिको विकासमा पनि सरकारले आवश्यक पहल गरिरहेको बताए ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत