English

समाज

कवाडीबाट आम्दानी गर्ने पुतलीबजार नगरको योजना

sunrisekhabar

स्याङ्जा ।  फोहोरकाे गुनासो बढेपछि स्याङ्जाको पुतलीबजार नगरपालिकाले यसकाे लागि सक्रियता देखाएको छ । नगरपलिकाले मालेबगरमा सुरु गरेको फोहोर व्यवस्थापन तथा प्रशाेधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

केन्द्र निर्माणसँगै नगरले व्यवस्थापनकाे काम पनि अघि बढाएको छ । अहिले नगरपालिकाले दैनिक ५ टन फोहोर संकलन गर्ने गरेकाे छ । कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था गरिएको उपप्रमुख महेश पुरीले जानकारी दिए । कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाई पुनप्रयाेगमा बिक्री गरी आम्दानी गर्ने नगरपालिकाको योजना छ । 

पुरीका अनुसार नगरले निर्माणाधिन फोहोर व्यवस्थापन तथा प्रशाेधन केन्द्रबाट बायोग्याँस उत्पादन गरिसकेको छ । 

यसअघि नगरपालिकाले आँधीखोलाको किनारलाई विगत एक दशकभन्दा बढि समयदेखि डम्पिङ साइटको रुपमा प्रयोग गर्दै आएको थियो । डम्पिङ साइटका कारण दुर्गन्ध बढेको भन्दै स्थानीयले विरोध गरेका थिए । 

स्याङ्जाकै वालिङ नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गरेपछि पुतलीबजार नगरपालिकाको आलोचना भइरहेको थियो । फोहोरमैला व्यवस्थापन ऐन २०६८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हरेक निकायले कार्यविधि बनाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत