English

राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल 

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचडबीच बालुवाटारमा छलफल भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल समेत छलफलमा सहभागि थिए । बिहान १० बजे शुरु भएको सो छलफल एक घण्टा चलेको थियो । 

बुधबार बस्ने सचिवालय बैठक एजेण्डाबारे छलफल भएको स्रोतले बतायो । बैठकमा पार्टी एकीकरणको बाँकी काम सम्पन्न गर्ने एजेण्डा रहेका छन् । एकीकरणका बाँकी काममा केन्द्रीय आयोगहरुको प्रमुख तथा उपप्रमुख, पोलिटब्युरोको गठन लगायत छन् । 

बुधबार बिहान स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल गएका प्रधानमन्त्री १० बजेदेखि नियमित काममा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार ४ बजे पार्टी सचिवालयको बैठक बोलाइएको छ ।  

प्राप्त प्रतिक्रिया
तपाईँको मत