English

सरकार

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा

sunrisekhabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण  (फलोअप) का लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । 

प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्य परीक्षणको निरन्तरताका लागि गएका प्रधानमन्त्री सचिवालयका संचार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

सिंगापुरमा भएको स्वास्थ्य जाँचकै निरन्तरतास्वरुप प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेका हुन् । उनकाे मुटुमा राखिएको क्याथेटर निकालिएको  बताइएकाे छ ।

करिब १० दिन सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको उपचार गरेपछि प्रधानमन्त्री ओली यही २० भदौमा स्वदेश फर्किएका थिए । त्यसअघि पनि उनी सिंगारपुर गएका थिए ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत