English

खेलकुद

पोर्चुगलको सानदार जित, रोनाल्डोको ४ गोल

sunrisekhabar

काठमाडौं ।  युरोकप फुटबल छनौटमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको छ । मंगलबार राति भएको समुह ‘बि’ को खेलमा पोर्चुगललाई जिताउँन क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरे । उनी एक्लैले ४ गोल गरे ।

खेलको ७ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा लिथुनियाका आन्द्रेयुके विसियसले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । 
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा पोर्चुगलले दोस्रो हाफमा चार गोल गर्‍याे । खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि खेलको ६५ औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा  गरे । पोर्चुगल ३–१ ले अघि रहयो ।

खेलको ७६ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौथो गोल गर्दै पोर्चुगललाई ४–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा विलियम कार्भाल्होले गोल गर्दै पोर्चगललाई ५–१ को जित दिलाए । प्रतियोगितामा पोर्चुगलको यो लगातार दोस्रो जित हो ।

लिथुनियाविरुद्ध ४ गोल गरेसँगै रोनाल्डोले आठ अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरेका छन् । उनले टोलीका लागि ९३ अन्तराष्ट्रिय गोल पनि गरे । ४ खेल खेलेको पोर्चुगल ८ अंकका साथ समूह ‘बी’ दोस्रो स्थानमा छ ।

यस्तै गएराति भएको समुह ‘ए’ को खेलमा इंग्ल्याण्डले कोसोभोलाई ५–३ ले हरायाे । इंग्ल्याण्डको प्रतियोगितामा लगातार चौथो जित हो । उसको १२ अंक भएको छ ।

अर्काे खेलमा चेक रिपब्लिकले मोन्टेनेग्रोलाइ ३–० हरायाे । समुह ‘एच’ को खेलमा फ्रान्सले एन्डोरालाई ३–० ले हरायाे । जितपछि फ्रान्सले पाँच खेलबाट १५ अंक जाेडेको छ ।  टर्कीले माल्दोभालाइ ४–० ले हराउँदा अल्बानियाले आईसल्याण्डमाथि ४–२ गाेल अन्कोतरकाे सानदार जित हात पार्‍याे ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत