English

राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

sunrisekhabar

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्‍न ४ बजे बस्ने प्रधानमन्त्री सचिवालयका संचार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

आजको बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउन गरी छलफल हुने बताइएको छ । नेकपाले अझै अनुशासन लगायतका विभिन्न आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटी लगायतको नेतृत्व टुंग्याउन सकेको छैन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्केपछि पहिलोपटक सचिवालयको बैठक बस्न लागेको हो । ओली उपचारका लागि सिंगापुर जानुअघि ५ भदौमा सचिवालय बैठक बसेको थियो । 

प्रधानमन्त्री ओली सिङ्गापुरमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ९ भदौमा सचिवालय बैठक बसेको थियो । पार्टी एकता भएको करिब १५ महिनापछि प्रचण्डले बैठकको अध्यक्षता गरेका थिए । सिंंगापुर जानुअघि प्रधानमन्त्री ओलीले प्रचण्डलाई पार्टी एकीकरणको बाँकी काम सक्ने जिम्मेवारी दिँदै बैठकको अध्यक्षता गर्ने अधिकार दिएका थिए ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत