English

खेलकुद

चाइनिज ताइपेई विरुद्ध नेपालको ऐतिहासिक जित

sunrisekhabar

काठमाडौं । विश्वकप छनोट अन्तर्गत आज भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोल अन्तरले हराएको छ । 

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले घरेलु टोली विरुद्ध ऐतिहासिक जित हात पारेको हो । 

नेपालको लागि अन्ज विष्टले निर्णायक २ गोल गरे । चुस्त खेल देखाएको नेपालले खेलको तेस्रो मिनेटमा नै गोल गरेको थियो । सुजल श्रेष्ठले प्रहार गरेको फ्रि किकमा अन्जनले गोल गरेका थिए । 

एक गोलको अग्रता लिएसँगै दबाबमा आएको ताइपेईले गोल गर्न बलियो प्रयास गरेको थियो । नेपाली डिफेन्स भने तोड्न सकेन । पहिलो हाफमा थप गोल नभएपनि दोस्रो हाफमा नेपालले नै एक गोल थपेको थियो । यो पटक पनि सुजलले गरेको हेडरलाई अन्जनलाई गोल बनाएका थिए । 

२ गोलले पछाडी परेपछि ताइपेइले आक्रमणमा थप बढावा दिएको थियो । ताइपेइले गोल फर्काउन नसकेपछि नेपालले जित दर्ता गरेको हो ।

जितसँगै नेपाल अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । नेपाल समान ३ अंक जोडेका जोर्डन र कुवेत गोल अन्तरमा भने अगाडि छन् । अष्ट्रेलियाले अहिलेसम्म खेलेको छैन । ताइपेर्इ भने दोस्रो हारपछि अंक तालिकाको अन्तिममा छ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत