English

खेलकुद

नेपाल नाडेज्दा कपको फाइनलमा, उपाधिका लागि उज्वेकिस्तानसँग खेल्ने

sunrisekhabar

काठमाडौं । नेपाल नाडेज्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला टोली फाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन सावित्रा भण्डारीले खेलको ८६ औं मिनेटमा गोल गरिन् । सावित्राले गीता रानाले हानेको फ्रिकिकमा हेडमार्फत गोल गरेकी हुन् । पहिलो हाफकाे खेल गोलरहित बराबरीमा सकिएकाे थियाे । प्रतियोगितामा सावित्राको यो पाँचौ गोल हो ।

नेपालले अब उपाधिका लागि बिहीबार उज्वेकिस्तानसँग खेल्ने छ ।

यसअघि पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोल अन्तरले पराजित गरेको नेपाल दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० गोलले हारेको थियो । नेपाल, कीर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सहभागी प्रतियोगितामा शीर्ष दुई टाेली फाइनलमा पुगेका हुन् ।

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको नेपालले त्यसअघि नाडेज्दा कप खेल्न लागेको हो ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत