English

खेलकुद

युएईलाई नेपालको बलियो चुनौति

sunrisekhabar

काठमाडौं । यू–१९ एशिया कप अन्तर्गत अहिले भइरहेको खेलमा नेपाली युवा टोलीले युएईको युवा टोलीलाई २ सय ८६ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाइ २ सय ८५ रन बनायो । टोलीको लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । ८४ बल खेलेका उनले ६७ रन बनाए । सो क्रममा ९ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले ५३ बलमा ४८ रन बनाए । 

आशिफ शेखले पनि ५३ बलमा ४५ रन बनाए भने कमल सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै २६ बलमा ५ चौका र २ छक्कासहित ४१ रन बनाए । कुशल मल्लले भने २२ बलमा २२ रन बनाए । 

बलिङतर्फ युएईका संचित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिएभने पललियपन मियप्पनले २ र रिसभ मुखर्जीले १ विकेट लिएका छन् । 

नेपाल र युएई दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिइ सकेका छन् । आजको खेलमा जित हात पार्दै प्रतियोगिताको सुखद अन्त्य गर्नु दुबै टोलीको एकमात्र लक्ष्य हो । 

यस एसीसी यू–१९ प्रतियोगितामा नेपाललाई १ रनले हराउँदै युएई विश्वकपको लागि छनोट भएको थियो । वर्षाले विथोलेको उक्त खेलमा डक वर्थ लेविस नियमअनुसार हारेको नेपाललाई आज सो हारको बदला लिने मौका रहेको छ । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत