English

अपराध

भक्तपुरबाट पेस्तोलसहित शम्भुप्रसाद पक्राउ, व्यक्ति हत्या टर्‍यो

sunrisekhabar

काठमाडौं ।  भक्तपुरको भात्तेढिकुरबाट प्रहरीले वाराको फेटा गाउँपालिका घर भएका शम्भुप्रसाद शाहलाई पेस्तोलसहित पक्राउ गरेको छ । व्यक्ति हत्याको सुपारी लिएर आएको भनिएका शम्भुप्रसाद पक्राउ परेपछि ठुलो हत्या संभावना टरेको छ । ‘हामीलाई उ कसैको हत्या गर्न आएको सूचना आएको थियो’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख (एसपी) सविन प्रधानले भने,–‘थप अनुसन्धान भईरहेको छ ।’ 

सोमबार राति पक्राउ परेका सम्भुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको छ ।  तराईका एक व्यक्ति (प्रहरीले नाम नखुलाएको) काठमाडौं आएको र उनको हत्या गर्न भन्दै संभुप्रसाद फलो गर्दै भक्तपुर आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

प्रहरी स्रोतका अनुसार सोमबार साँझ भक्तपुरको होटलमा बसेर अर्को दिन उनले व्यक्ति हत्याको योजना सहित सुपारी लिएका थिए । 

प्राप्त प्रतिक्रिया
तपाईँको मत