English

खेलकुद

युरोकप छनोट : जर्मनी, नेदरल्यान्डस् र बेल्जियम विजयी

sunrisekhabar

काठमाडौं । युरो कप छनोटअन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी विजयी भएका छन् । बेल्जियमले स्कटल्याण्डलाई उसकै घरेलु मैदानमा ४–० ले पराजित गर्‍यो । बेल्जियमका लागि पहिलो हाफमा रोमेलु लुकाकु, थोमस भर्मा्लिन र टोबी एल्डरवेरल्डले गोल गरे । खेलको ८२ औं मिनेटमा डि ब्रुयनले गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए ।

त्यसैगरी अर्को खेलमा नेदरल्याण्ड्सले इस्टोनियालाई  ४–० ले पराजित गर्‍याे । इस्टोनियामा भएको खेलको १७ औं मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको दोस्रो मिनेटमा बाबेलले नै गाेल गर्दै नेदरल्याण्ड्सको अग्रता २–० मा पुर्‍याए । ७६ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–० को अग्रता दिलाए । खेलकाे ८७ औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गरेपछि नेदल्याण्ड्स ४–० ले विजयी भयो ।

त्यस्तै जर्मनीले उत्तरी आयरल्याण्डलाई २–० ले पराजित गरेको छ । जर्मनीको जितमा मार्सेल हाल्स्टेनबर्गले खेलको ४८ औं मिनेटमा र सेर्जी ग्नाब्रीले इन्ज्युरी समयमा गोल गरेका थिए ।

त्यसैगरी अर्को खेलमा रुसले काजाकास्तानलाई १–० गोलले पराजित गरेको छ । गएराति नै भएको अन्य खेलमा साइप्रस, स्लोभाकिया, स्लोभानिया र नर्थ म्यासेडोनिया विजयी भएका छन् ।
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत