English

सरकार

चिनियाँ राष्ट्रपति अ‍ाउने प्रष्टै संकेत

sunrisekhabar

काठमाडाैं । चिनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने प्रष्ट संकेत चिनियाँ विदेश मन्त्री वाङ यी ले दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटमा चिनियाँ विदेश मन्त्रीले यस्ताे संकेत दिएका हुन् । 

भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले सञ्चारकर्मीलाई बताए अनुसार प्रधानमन्त्री ओलीले आफूले गरेको चीनको राजकीय भ्रमणकोे स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफू क्रियाशील रहेको मन्त्री वाङलाई बताएका छन् ।

“हामी विगतका सहमतिअनुसार अघि बढ्न चाहन्छौंँ र तपाईंको यो भ्रमणले त्यसतर्फ अघि बढ्न प्रेरित गर्ने विश्वास छ”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार डा भट्टराईले जानकारी दिए । चिनियाँ विदेशमन्त्री वाङले शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत द्विपक्षीय सम्बन्धका विभिन्न आयाम र सहयोगका सबै क्षेत्रलाई दुवै मुलुकले विस्तार गर्न चाहेको बताउँदै नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको प्रधानमन्त्री ओलीलाई बताएका थिए ।

प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल सधैँ अडिग रहेको र नेपालको भूभाग छिमेकीविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता दाेहाेर्‍याएका थिए । विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको बताएकाे सल्लाहकार डा भट्टराईले जानकारी दिए ।

यसै बीच चिनियाँ विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।

प्राप्त प्रतिक्रिया
तपाईँको मत